mobile

‘मङ्सिर अन्तिमसम्ममा पार्टी एकता’

By RSS on Nov 12,2018 - 17:56

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । 
इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो । 
पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गर्नुभयो । 
नेकपाकै जिम्मेवार नेताले राष्ट्रिय सरकारको आवश्यकता रहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा खनालले अहिलेको राजनीतिक संरचनामा अर्काे सर्वपक्षीय सरकार हुन नसक्ने बताउनुभयो । “अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ । त्यसैले राष्ट्रिय सरकार बन्न सक्दैन” खनालले भन्नुभयो, “अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको नभए पनि अहिलै यसको आलोचना तथा समालोचना गर्ने बेला भएको छैन ।” 
पार्टीमा समस्या देखिएको भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले अबको केही दिनमै स्थायी समितिको बैठक बस्ने र त्यसबाट महत्वपूर्ण निर्णय गर्दै पार्टीका समस्या किनारा लगाइने बताउनुभयो । (रासस)

ट्याग -  पार्टी एकता

SUGGESTED ARTICLES

img
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो ।


by RSS | Today, 05:17 PM

img