mobile

दुई बैंकका वित्तीय विवरण सार्वजनिक

By RSS on Nov 13,2018 - 17:54

वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ । बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।बैंकले सो अवधिमा रु एक अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले रु एक खर्ब ११ निक्षेप सङ्कलन गरेको छ । बैंकको ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ । बैंकको चुक्ता पूँजी रु आठ अर्ब रहेको छ । 

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आवको पहिलो तीन महीनामा रु ५८ करोड ४५ लाख नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस वर्ष २४।०५ प्रतिशतले नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ४७ करोड १२ लाख नाफा कमाएको थियो । बैंकले सो अवधिमा रु ६५ अर्ब ४७ करोड निक्षेप सङ्कलन गरी रु ४८ अर्ब ३६ करोड ऋण लगानी गरेको छ । रासस

ट्याग -  वित्तीय विवरण

SUGGESTED ARTICLES

img
जापानी कार कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

 जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको छ ।


by Anu Rana | Dec 10

img