mobile

प्रशिक्षण प्रतिष्ठान स्थापनामा सघाउन नेपालको आग्रह

By RSS on Nov 14,2018 - 11:29

नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा कतार सरकारलाई सघाउन आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफबिन मोहम्मद अल ओथमान फाख्रोलाई आज दोहामा भेटेर त्यस्तो आग्रह गर्नुभएको हो । 

भेटमा नेपाल र कतारबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विषयका साथै आप्रवासी नेपाली कामदारको सुरक्षा, सुविधाबारे उहाँहरुबीच विचारविमर्श भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आप्रवासी नेपाली श्रमिकलाई दक्ष, प्रतिस्पर्धी एवम् व्यावसायिक बनाउन अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापना अपरिहार्य भएको उल्लेख गर्दै उहाँले त्यसमा दुवै देशले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।(रासस)

ट्याग -  प्रशिक्षण प्रतिष्ठान ,

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img