mobile

सामुद्रिक कार्गो बीमा अब सिद्धार्थ बीमा लिमिटेड बाट

By Anu Rana on Dec 05,2018 - 11:48

तपार्इंको कार्गोले ओसारपसार गर्ने क्रममा हानी–नोक्सानी या क्षति हुने धेरै सम्भावना हुन्छ ।  कार्गोको ढुवानीको क्रममा दुर्घटनाहरु, पानी या आगोको कारणबाट हुने क्षति, ढुवानीकर्ताले मालसामान जथाभावी राख्ने, चोरी या आंशिक चोरीहरु सबै हुन सक्ने संभाव्य जोखिमहरु हुन् । हाम्रो समुिद्रक कार्गो बीमालेखले तपाईंको ओसारपसार गरिने सामानहरुको सम्पूर्ण जोखिम रक्षावरण गर्दछ ।

कार्गो बीमाले रक्षावरण गर्ने

सामुद्रिक कार्गो बीमाले तपार्इंले सामना गर्नु पर्ने जोखिमहरु सामुद्रिक कार्गो (आई ।सी ।सी ।), अन्तरदेशीय ओसारपसार (आई ।टि ।सी ।) र हवाईमार्गबाट हुने कार्गो (आई ।सी ।सी । एयर) को रक्षावरण गर्दछ । रक्षावरणको विस्तृत रुप हो “सम्पूर्ण जोखिम” । “सम्पूर्ण जोखिम” बीमालेखले साधारण व्यापारिक मालसामान भौतिक रुपमा कुनै पनि बाह्य कारणबाट हानी–नोक्सानी या क्षति भएमा यस्ता जोखिमलाई बहन गर्दछ । यसमा अस्वाभाविक रुपमा टुटफुट हुने, आंशिक रुपमा चोरी हुने तथा मालसामानको प्रकृति आदि अनुसार क्षति हुन बाहेकका नयाँ तथा प्याकिङ सामान समावेश गरिएको हुन्छ । “सम्पूर्ण जोखिम” बीमालेखले प्रायजसो अन्तराष्ट्रिय जलयानको यात्रा अवधिभर घट्न सक्ने सम्पूर्ण क्षतिलाई रक्षावरण गर्दछ ।

ट्याग -  सामुद्रिक कार्गो बीमा

SUGGESTED ARTICLES

img
पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

यही फागुन १७ गते पाँचाँै संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराउनुभयो ।


by RSS | Feb 21

img