mobile

उपाधि च्यासल युथ क्लबलाई

By RSS on Nov 16,2018 - 12:25

एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई बे्रकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो । खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । एक्काइसौँँ मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघि आफ्नो पक्षमा पा¥यो मध्यान्तर पछि च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई बे्रकरमा पुगेको थियो । 

टाई बे्रकरमा च्यासल युथ क्लबले ५÷३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । विजेता च्यासलले रु ४ लाख ९९ हजार ५५५ सहित शिल्ड र पदक प्राप्त ग¥यो भने उपविजेता नेपाल पुलिसले रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज च्यासलका गोल रक्षक दिनेश थापा मगर भएका छन् । खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्पे्ररणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगित सञ्चालन गर्दै आइरहेको छ । (रासस)

ट्याग -  च्यासल युथ क्लब

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img