mobile

जीप दुर्घटनामा एकको मृत्यु

By RSS on Nov 16,2018 - 12:34

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन् । 

घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको लास परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ । जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो। (रासस) 

ट्याग -  जीप दुर्घटना

SUGGESTED ARTICLES

img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।


by RSS | May 17

img