mobile

नेपाल वायु सेवा निगम उच्च जोखिमा  

By Anu Rana on Nov 18,2018 - 17:23

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको छ। निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेकाे हाे ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेपाल  वायु सेवा निगमको आर्थिक अबस्था खस्किँदै गएकोले सरकार सँग २० अर्ब रकम बराबर सहयोगको अपेक्षा पनि गरेको बताए । अध्यक्ष खरेलले भने, ‘नेपाल सेवा निगमसँग ४९ अर्ब बराबरको सम्पत्ति छ, यसको कर्जा भने झण्डै ३९ अर्ब बराबर रहेकोले अबस्था चुनौतिपूर्ण बन्दै गएको छ ।’

 उनले थपे, ‘श्वेतपत्र जारी गरेर हामीले निगमको वर्तमान अबस्थाको जानकारी गराएका मात्रै होइनौँ हामी निगमको अबस्था सुधारको लागि उचित विषय क्षेत्र र तथ्यको पहिचानको सुरुवातमा अब लागि पर्छौँ । ऋणको  ब्याजमात्रै साढे १० प्रतिशतका दरले  भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च दवाव छ । जसका कारण निगमको तरलता र नाफामा सिधै असर पर्न गएको श्वेतपत्रमा उल्लेख छ । उक्त स्वेतपत्रमा समस्या समाधानमा चाल्नुपर्ने कदमका बारेमा पनि उल्लेख गरिएको छ ।

 यस्तो वित्तीय अवस्थालाई निगमको अनुकुल बनाउन नेपाल सरकारले तुरुन्तै पुँजी भित्र्याएर वित्तीय जोखिम न्यूनीकरण गर्न  सक्ने भन्दै श्वेतपत्रमा उल्लेख गरिएको छ ।

निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्याधिक रहेको र वाइडबडी जहाजको व्यवसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै आर्थिक सहायता दिनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ ।

वाइड बडी’ प्रकरणमा निगम मौन

यसैबीच दुईवटा ‘वाइड बडी’ विमान खरिद प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने विषयमा भने निगम मौन बनेको छ । कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडी खरिद प्रक्रियामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिन आलटाल गरे । उनले भने,‘ श्वेतपत्र जारी सम्बन्धीको जानकारीका लागि गरिएको पत्रकार सम्मेलन हो । वाइड बडी खरिदबारे उठेका प्रश्नको जवाफ दिन अर्को पत्रकार सम्मेल गछौँ ।’ 

ट्याग -  नेपाल वायु सेवा निगम उच्च जोखिमा  

LATEST NEWS

SUGGESTED ARTICLES

img