mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Nov 18,2018 - 17:17

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ मंसिर २ देखी  ८ गतेसम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछ । यात्राको अवसरसँगै चुनौती सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक वातावरण खलबल्याउन नातेदारहरू पिछा लागेको अवस्था छ ।सुखद् यात्राका अवसर पनि मिल्नेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै कृषिकर्मबाट लाभ रहनेछ । नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ ।मंगलबारपछिका दिनमा सहजता महसुस हुनेछ ।

वृष  (,,,,बा,बि,बु,बे बो)

तपार्इंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । स्वरोजगारीका लागि दौडधूप गर्नुपर्ने हुन सक्छ । ध्ययनमा रुचि जाग्नुका साथै व्यवसायमा पनि उन्नति हुनेछ । धन प्राप्तिका साथै कार्यलाभ हुने देखिन्छ ।कर्मचारीहरूलाई अन्य नयाँ अवसर प्राप्त हुने सम्भावना छ । मंगलबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । बुधबारबाट कार्यमा सफलता हात पर्नेछ ।

 मिथुन (का,कि,कु,,,,के,को,)

करियर बनाउन मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । घर परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । श्रीवृद्धि हुने छ । कला साहित्यका क्षेत्रमा अभिरुचि रहनु्का साथै अध्ययनमा पनि सफलता हात पर्ने देखिन्छ । व्यवापार व्यवसायमा वृद्धि हुने देखिन्छ ।साताको अन्त्यमा खानपानको फेरबदलका कारण स्वास्थ्य प्रतिकूल हुन सक्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

अरूको काममा बढी समय खर्चिनुपर्ला, जस नपाइन सक्छ । आफूसँग रुष्ट भै काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । सेतो रंंग तथा पश्चिमतर्फको यात्राले प्रफुल्लित तुल्याउनेछ । अध्ययन अध्यापन कार्य सफल रहने छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै पारिववारिक सुख मिल्ने देखिन्छ । बिहीबारबाट कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मन अस्थिर रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उपयुक्त हुने देखिन्छ ।

 सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

अध्ययनको क्षेत्र सबल रहनेछ । कला साहित्यमा विशेष अभिरुचि रहने देखिन्छ । शत्रु पराजित हुने छन् । सन्तान सुख मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । मित्र लाभका साथै कार्यमा उन्नतिको योग देखिन्छ ।जुक्ति–बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । सोमबार तथा मंगलबार आफन्तहरूसँग मनमुटाव हुन सक्छ । आर्थिक पक्ष सबल हँुदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । मन पराएको बहाना गर्नेहरूले झुक्याउन सक्छन्, समयमै सचेत हुनुहोला ।

 कन्या (टो,,पि,पु,,,,पे,पो)

आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । पराक्रम बढ्नुका साथै मित्र जनको साथ सहयोग पनि प्राप्त हुने देखिन्छ । अध्ययनमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।भावी योजना तर्जुमा गर्न समय खर्चिनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा, व्यवसाय वा स्थान परिवर्तन हुन सक्छ । साताको अन्त्यमा परिवारका सदस्यहरूसँगै मांगलिक कार्यमा उपस्थिति भइनेछ ।

 तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

प्रेमिकाको सहयोगमा अनपेक्षित धन आर्जन हुनेछ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेश भगवान्को आराधना गर्दा विध्नहरू समाप्त हुनेछन् । राति अबेरसम्म यात्रा गर्दा होसियारी अपनाउनुहोला । व्यापारमा वृद्धि हुनुका साथै नयाँ कार्य थालनीको योग पनि देंिखन्छ । सामाजिक कार्यमा मन जानेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

 वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

आकस्मिक निमन्त्रणका क्रममा मिष्ठान्न भोजन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । ब्रह्ममूहुर्तमा भगवान्को स्मरण एवं योग ध्यान गरे मानसिक तनाव कम होला । सुनौलो रंगको पहिरनले ठूलो उपलब्धि हात पार्न सहयोग पुर्‍याउनेछ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहने देखिन्छ । शत्रु सबल रहने छन् । कार्यमा सजग रहनु नै उपयुक्त हुने देखिन्छ ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न ढिलासुस्ती हुनेछ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च होला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्नेछ । भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नुका साथै घर परिवारबाट पनि विशेष लाभ रहने देखिन्छ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न भइनेछ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

अभिभावकले स–साना त्रुटि औल्याउँदा मन खिन्न होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराशाले सताउनेछ । स्वास्थ्यको समेत हेक्का राख्नुपर्नेछ । मंगलबारसम्म शारीरिक आलश्यता रहनेछ । बुधबारबाट कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रा गर्न सके फलिफाप हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउँनेछ । मित्र सहयोग मिल्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । कार्य लाभ हुनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । वैदेशिक रोजगारी एवं भ्रमणका क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ । साताको अन्त्यमा मन पराउनेहरूले प्रेम प्रस्ताव राख्न सक्छन् ।

 मीन (दि,दु,,,,दे,दो,,चि)

होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ गर्न सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । बाहिरी खानपान तथा मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुपर्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक लाभका योग देखिन्छन् । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । साताको अन्त्यमा भौतिक साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।

 

 

 

 

 

ट्याग -  साप्ताहिक राशीफल  

SUGGESTED ARTICLES

img
नयाँ स्यान्ट्रो हुन्डाई नेपाल मा भित्रियो

नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ। बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ ‘दि अल न्यु स्यान्ट्रो’ गाडी कम्पनीले पुन: नेपालमा भित्र्याएको जारी विज्ञप्तिमा छ । 


by Anu Rana | Feb 19

img