mobile

करोडौँ सकिँदासमेत बन्न सकेन खेल मैदान

By RSS on Nov 18,2018 - 13:54

जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । 

तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च । जिल्लामा रहेका दल, सामाजिक सङ्घसंस्था, युवा क्लबले आवश्यक पर्दा सम्झने मञ्चमा पटकपटक गरी थुप्रै बजेट खर्चिए पनि आर्थिक अभावले थलिएको छ । फुटबल, भलिबल, क्रिकेटसँगै बेलाबेलामा सवारीसाधन सिकाउने ठाउँको रूपमा मात्रै प्रयोग हुने खुल्लामञ्चमा आवश्यक पूर्वाधार जुटाउने धेरै प्रतिबद्धता जनाइए पनि पूरा भएको छैन । 

कालीगण्डी र म्याग्दी नदीको दोभानमा रहेको यो मैदानलाई व्यवस्थित गर्नका लागि अहिलेसम्म करोडौँ खर्च गरिसकिएको छ । दुवै नदीबाट पक्की पर्खाल, तारजाली लगाए पनि मैदानभित्रको पूर्वाधार बनाउन सरोकारवाला निकायले चासो देखाएका छैनन् । खेलमैदानको लागि पर्याप्त ठाउँ नहुँदा खेलक्षेत्र प्रभावित हुने गरेको भन्दै बेनी नगरपालिकाले तीन वर्षदेखि मैदानलाई व्यवस्थित गर्नका कामचलाउ बजेट विनियोजन गर्दै आइरहेको छ । यो आर्थिक वर्षमा पनि वडा कार्यालयबाट रु १४ लाख र नगरपालिकाले रु ६० लाख बजेट विनियोजन गरेकोे नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । 

खुल्लामञ्चमा पूर्वधारको कमीले खेलाडीले चाहेअनुरुपको खेल देखाउन सकेका छैनन् । (रासस)

ट्याग -  खेल मैदान

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img