mobile

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

By RSS on Nov 18,2018 - 14:55

 प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । 

उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्नका लागि व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ ।  (रासस)

ट्याग -  चिकित्सा विधेयक

SUGGESTED ARTICLES

img
वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु–याउन आवश्यक रहेको बताउनुभयो । समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा


by RSS | Dec 14

img