mobile

चीनको चमत्कारी कार्य : कृत्रिम सूर्य बनाउँदै  

By Anu Rana on Nov 19,2018 - 20:08

एजेन्सी,विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले कृत्रिम सूर्य बनाउने तयारी गरेकाे छ । केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनले कृत्रिम सूर्य निमार्ण भइरहेकाे जनाएकाे छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस कृत्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको हो जसपछि यस उपकरणमा पनि सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने बताइएको छ । तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो । वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ । 

समाचार अनुसार इस्टलाई एक मेसिनमार्फत तयार गरिनेछ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ । तर यसलाई एक दिनका लागि चालू गर्दा १५ हजार डलर खर्च हुनेछ । अहिले यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ ।

चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ । यसलाई खास सूर्य जस्तै आकारमा नमुना गरिँदैछ ।

यो सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै ऊर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुनेछ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ ।

 यसैगरी चीनले यसअघि नै उज्यालोको लागि आकाशमा कृत्रिम चन्द्रमा बनाउने घोषणा समेत गरिसकेको छ । यो कृत्रिम चन्द्रमा सन् २०२२ सम्ममा प्रयोगमा ल्याउने तयारीमा चीन छ । यसमार्फत् वैज्ञानिकले रातको समयमा देशको सडकलाई उज्यालो बनाउन चाहेका छन् । यसका लागि केही ठूलो स्याटेलाइटको प्रयोग गरिनेछ ।

ट्याग -  चीनको चमत्कारी , कृत्रिम सूर्य

SUGGESTED ARTICLES

img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।


by Anu Rana | Dec 14

img