mobile

पाँच वर्षमा ७,०२९ किशोरीहरुको उद्धार

By Anu Rana on Nov 19,2018 - 20:01

मानव बेचबिखन र लैगीक हिंसा बिरुद्ध अन्त्यको अभियानमा विगत लामो बर्ष देखि काम गर्दे आएको बिभिन्न संस्थाहरु मर्फत पाँच वर्षमा ७,०२९ किशोरीहरुको उद्धार गरिएको छ । ति संस्थाहरुले उद्धार गरेकोमा १८ बर्ष देखि ३० बर्षका विवाहित र अविवाहित किशोरीहरु रहेका छन ।

नेपालको बिभिन्न जिल्ला झापा, इलाम, मोरङ, उदयपुर, संखुवासभा, पर्सा, सरलाही, मोहोत्तरी , सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुरबाट उद्धार गरिएको  थियो। भारत र चीनको  नाका हुँदै बिभिन्न प्रलोभन  देखाइ  ललाई फकाई नक्कली नागरिकता बनाएर बेचबिखनको उद्देश्यले लैजान लागेको अवस्थामा उद्धार गरिएको हो । ती उद्धार गरिएका मध्ये ३,८९६ जना १८ वर्षको उमेरका थिए।  

देशको अर्थिक नगरी तथा प्रमुख नाका वीरगञ्ज नाका बाट उदयपुर , चितवन, बारा, पर्सा , गोरखा , नुवाकोट,काभ्रे कास्की लगायतका जिल्लाका किशोरीहरु मानव बेचबिखनमा सिमावर्ती देश भारतमा पुग्ने गरेका छन ।

नेपाल पुलिस प्रवक्ता तथा महानिर्देशक प्रहरी महानिरीक्षक उत्तम राज सुवेदीका अनुसार, सीमा क्षेत्रमा नजिक भ्एको कारण धेरै मात्रमा मानव बेचबिखन फैलिएको हो भनु भ्एको छ ।

नेपाल प्रहरी टोलीहरूको अनुसार बालबालिका र महिलाहरूको तस्करी रोक्न सीमा क्षेत्रहरूमा तैनात गरिनुको साथै सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाहरुले  नेपालका विभिन्न सीमा नाकाहरुम मानव बेचबिखन  रोकेको जनाएको छ । त्यसैगरी, नेपाल प्रहरीले झापा, काठमाडौं, सिन्धुपाल्चोक, पर्सा, चितवन, कैलाली र बाँके जिल्लामा मानव मञ्चको बिरोधका लागि पुनर्स्थापना केन्द्र स्थापना गरेको छ। 

समाज संगठन मन्चक, उपाध्यक्ष जानुका ढकाल, जो महिला तथा  बालबालिका तस्करी रोक्नको लागि काम गर्दै आएकी हुन । नेपालको धेरै मात्रमा महिला तथा  बालबालिका भारतको कोठीमा पुगेको पाइन्छ ।

 नेपालका  कानूनले मानव बेचबिखन तथा ओसारपसार गर्नेलाई २० वर्षको जेल सजाय र २००,००० रुपैयाँसम्मको जरिवना तोकिएको छ। र पनि नेपालामा मानव बेचबिखन रोकिएको छैन ।

ट्याग -  किशोरीहरुको उद्धार , मानव बेचबिखन

SUGGESTED ARTICLES

img
खानेपानीको समस्यामा मौलाथरवासी

पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ ।


by RSS | Today, 12:08 PM

img