mobile

जस्टिन बीबरले गरे सुटुक्कै विवाह   

By Anu Rana on Nov 21,2018 - 11:15

सानै उमेरमा विश्व पप संगीतलाई तरंगीत बनाएका गायक हुन्, जस्टिन बीबर,  चर्चित क्यानेडियन पप गायक जस्टिन बीबर लामो समयदेखि गायिका सेलेना गोमेजको प्रेममा थिए । सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए । त्यस पश्चात् सामाजिक संजालमा खुलेरै एक अर्कालाई माया दर्शाउदै आइरहेका थिए भने तर एकसी उनिहरु वैवाहिक सम्बन्धमा गाँसिएको खुलासा भएको छ।  गत जुलाईमा इन्गेजमेन्ट गरेको यो जोडीले गत सेप्टेम्बरमा नै विवाह गरेको खुलासा स्वयं गायक बीबरले खुलासा गरेका हुन् ।

बीबरले आफ्नो सामाजिक संजालको पोष्टमा हेलीलाई श्रीमती भनेर सम्बोधन गरेपछि उनीहरुले विवाह गरिसकेको पुष्टि भएको हो। 

यो जोडीले गुपचुप रुपमा विवाह गरेको खुलासा भएको छ । यो कुराको खुलासा हेली वाल्डविनले गरेकी हुन् । साथै जस्टिन बीबरले पनि उनको साथ दिएका छन् । उनीहरुले एक सानो पार्टी आयोजना गरेर परिवार तथा साथीहरुबीचमा विवाह गरेका थिए । साथै हेली बाल्डविनले उनको नाम परिवर्तन गरेर हेली बीबर बनाएकी छिन् । 

 २४ बर्षिय बीबरले अमेरिकी मोडल हेली बाल्डवीनसँग गत जुलाईमा इन्गेजमेन्ट गरेका थिए। लामो समयसम्म गायिका सेलेना गोमेजसँग अफ्येर्समा रहेका बीबर गोमेजसँगको ब्रेकअपपछि हेलीको नजिक आएका थिए। 

२१ बर्षिय हेली अमेरिकन भोग, मेरी क्लेयर र स्पेनिस पत्रिका हापर्स बजार जस्ता म्यागजिनको कभरमा आइसकेकी छन् । यसका अलावा हेली कैयौ टेलिभिजन शो, म्युजिक भिडियो तथा विज्ञापनमा देखिईसकेकी छन् ।हेली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुबहु नक्कल गर्ने अभिनेता एलेक बाल्डवीनकि भतिजी हुन् ।

ट्याग -  जस्टिन बीबरले गरे सुटुक्कै विवाह    ,

SUGGESTED ARTICLES

img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।


by RSS | Dec 12

img