mobile

अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

By RSS on Nov 21,2018 - 10:28

राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । 
राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिनुभयो । आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो । 

अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिससको संलग्नता पाइए भ्रष्टाचारको मुद्दा चलाइने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्र्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । नियन्त्रण गरिएका ट्र्याक्टर जीर्ण सडकका कारण बीच बाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनाइ भएको उहाँले बताउनुभयो ।रासस 

ट्याग -  ट्र्याक्टर नियन्त्रण

SUGGESTED ARTICLES

img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।


by RSS | May 17

img