mobile

भ्यूटावर निर्माण अधुरै

By RSS on Nov 21,2018 - 12:25

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८÷६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ । नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको हो । हालसम्म सो बारेमा सम्झौता हुन नसकेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । 

तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको जगेडाकोष र उपभोक्ताको साझेदारी अनुसार भ्यूटावर निर्माण थालिए पनि तीनै पक्षबीच सहमति नजुट्दा काम रोकिएको हो । कोषको जनसहभागितामा आधारित बजेट कार्यक्रममार्फत नगरपालिकाले रु २१ लाख ७५ हजार र उपभोक्ता समितिले रु आठ लाख रकम थप गरी निर्माण थालिएको थियो । सो कार्यका लागि उपभोक्ता समितिमा स्थानीय समाजसेवी रामकृष्ण बानियाँ र निर्माण व्यवसायी सूर्यगढी गाउँपालिका–१ लच्याङका बुद्ध तामाङ रहनुभएको थियो । उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको रकम खर्च भएको दाबी गरे पनि नगरपालिकाले टावर निर्माणको काम पारदर्शी ढङ्गले नगरेको भन्दै रु १० लाख ४० हजार मात्र निकासा गरेको थियो । बाँकी रकम अझैसम्म भुक्तानी गरिएको छैन । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निर्माणको क्रममा व्यवसायीको टावरको संरचना बिगारेको र गुणस्तरीय सामग्री प्रयोग नगरेको उजुरी आएपछि रकम निकासा रोकेको जानकारी दिनुभयो । (रासस)

ट्याग -  भ्यूटावर निर्माण

SUGGESTED ARTICLES

img
निर्माण व्यवसायी मारमा

सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । विभिन्न तहका सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासङ्घको भनाइ छ । पछिल्लो समय भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश


by RSS | Today, 01:16 PM

img