mobile

किसानहरूको चार करोड रुपियाँ अमिताभले तिरिदिए  

By Anu Rana on Nov 22,2018 - 10:19

बलिउडका बिग बी अमिताभ बच्चनले ३ सय ५० जनाभन्दा धेरै किसानको ऋण तिरिदिएका छन् । बच्चनले भारतको उत्तर प्रदेशको किसानको ऋण तिरिदिएका हुन् । यो खबर मंगलबार अमिताभले आफ्नो ब्लगमा उक्त जानकारी दिनुका साथै अमिताभले आफ्नो ब्लगमा यो पनि लेखेका छन् कि उनले हालसम्म उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको सरकारी बैंकको ऋण तिरिदिएका छन् ।

उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जुन उनले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।

बैंकबाट दिइने किसानहरुको ऋण चुक्ता भएको कागजपत्र अमिताभ आफ्नै हातले उनीहरुलाई बुझाउन चाहन्छन् जसका लागि उनले सबै किसानहरुलाई मुम्बई ल्याउन रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् ।अमिताभले किसानहरुलाई २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्दै छन् ।

यसअघि पनि अमिताभले महाराष्ट्रका ३ सय ५० किसानको ऋण तिरेका थिए । साथै उनले सेनाका जवान परिवारलाई पनि आर्थिक सहायता गरेका थिए ।

अमिताभ अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ भने फ्लप भएको थियो । भारतमा उनी पछिल्लो समय ‘कौन बनेगा करोडपति’ का कारण पनि उत्तिकै लोकप्रिय छन् ।

भारतमा ऋण तिर्न नसकेका कारण बर्षेनी किसानहरुको आत्महत्या दर बढेसँगै पछिल्लो समय अभिनेता अमिताभले किसानहरुको यो समस्यालाई आफ्नो जिम्मेवारीका रुपमा लिंदै तिरिदि‌‌दै अाएका छन् ।

 

 

 

ट्याग -  किसानहरूको चार करोड रुपियाँ अमिताभले तिरिदिए   ,

SUGGESTED ARTICLES

img
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने भन्दै


by RSS | Feb 18

img