mobile

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक  

By Anu Rana on Nov 22,2018 - 10:22

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मंसिर २२ गते सुरु हुने प्रतियोगिता पुस ७ गते सकिने छ ।  अबको १९ दिनपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच भिडन्त हुने भएको छ । 

इपिएलले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गते उद्घाटन खेल हुने र सो खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।

इपिएलका लागि प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा अनुबन्धन गरिसकेका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। विदेशी खेलाडीको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

पोखरामा अस्ट्रेलियन प्रशिक्षक

पोखरा राइनोजले अस्ट्रेलियन प्रशिक्षक नाथन डोडलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको छ । डोडले अस्ट्रेलियन क्रिकेट बोर्डबाट लेवल थ्री कोचिङ कोर्स गरेका छन् । डोडले विभिन्न अन्तर्राष्ट्रिय खेलाडीका लागि व्यक्तिगत तथा टोलीहरूका लागि परामर्शदाता प्रशिक्षकका रूपमा समेत काम गरेका छन् । डोडले आफ्नो प्रशिक्षणमा पोखरा राइनोजका खेलाडीको क्षमता सुधार गर्न आफूले मेहनत गर्ने बताए । ‘पोखरा राइनोजका खेलाडीको क्षमतामा थप सुधार ल्याउन सक्दो मेहनत गर्नेछु’, पोखरा राइनोजको स्वामित्व ग्रहण गरेको कम्पनी जगदम्बा स्पोर्टस्ले प्रशिक्षक डोडको भनाइ उद्धृत गर्दै विज्ञप्ति जारी गरेको छ ।

जगदम्बा स्पोर्टस्ले पनि प्रशिक्षक डोडको आगमनले टोलीको प्रदर्शनमा सुधार आउने विश्वास व्यक्त गरेको छ । ‘नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त प्रदर्शन गर्दै आइरहेको छ’, जगदम्बा स्पोर्टस्की प्रबन्ध निर्देशक दीपा अग्रवालले भनेकी छन्, ‘नेपाली खेलाडीलाई अझै पनि राम्रो प्रशिक्षण आवश्यक छ । डोडको आगमनले पोखरा राइनोजका खेलाडीले त्यो स्तरको प्रशिक्षण प्राप्त गर्ने विश्वास लिएकी छु ।’ शक्ति गौचनको कप्तानीमा रहेको पोखराले गत वर्ष इलिमिनेटर खेलेको थियो । उक्त खेलमा ललितपुरसँग २७ रनले पराजित हुँदै पोखरा उपाधि होडबाट बाहिरिएको थियो ।

ट्याग -  एभरेस्ट प्रिमियर लिग , क्रिकेटको खेल तालिका ,

SUGGESTED ARTICLES

img
शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे ।


by RSS | Dec 14

img