mobile

थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

By RSS on Nov 22,2018 - 16:48

थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । 

सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिन्छ ।” 

अध्यक्ष राईले भन्नुभयो, “अब विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिन्छ ।” मोबाइलको एबिथ स्टोरमा गएर त्जगगिलनमगमजपयकजष् च्गचब िःगलष्अष्उबष्तिथ मा क्लिक गरी एप डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । ल्लाका सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो । (रासस)

ट्याग -  मोबाइल एप सार्वजनिक

SUGGESTED ARTICLES

img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।


by Anu Rana | Dec 14

img