mobile

श्रीलंकासँगको टेष्ट सिरिज एक खेलअघि नै इंग्ल्यान्ड  विजयी  

By Anu Rana on Nov 23,2018 - 10:52

श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । शुक्रबार पहिलो टेष्टको अन्तिम दिन घरेलु टोलीलाई २११ रनले हराएर इंग्ल्यान्डले पहिलो टेष्टमा विजयी भएको हो । गालेमा इंग्ल्यान्डले दिएको ४६२ रनको लक्ष्य पछ्याएको श्रीलंका ८५ ओभर १ बलमा अलआउट हुँदै २५० रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङसमा अलआउट हुँदै ३४२ रन जोडेको थियो ।

आइतबार सम्पन्न दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो कब्जामा बनाएको हो । ३०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले चौथो दिनसम्ममा ७ विकेटको क्षतिमा २२६ रन बनाएको थियो भने जितको लागि ७५ रनको आवश्यकता थियो ।

तर, पाचौं दिनमा ७ विकेटको क्षतिमा २२६ रनदेखि नै ब्याटिङ थालेको श्रीलंकाले थप १७ रन बनाउँदा ३ विकेट गुमायो । श्रीलंकाले सबै विकेटको क्षतिमा २४३ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले सहज जित निकालेको हो ।

 श्रीलंकाका लागि एन्जेलो मेथवसले ८८ र करुणरत्नेले ५७ रन बनाएका थिए । बलिङतर्फ इंग्ल्यान्डका ज्याक लिचले ५ र मोइन अलीले ४ विकेट लिएका थिए । यसअघि आफ्नो पहिलो इनिङ्समा भने श्रीलंकाले ३३६ रन बनाएको थियो ।

 इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा २९० रन र दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा ३४६ रन बनाएपछि श्रीलंकाले ३०१ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका लागि कप्तान जोइ रुटले शतकसहित १२४ रन बनाएका थिए ।

 बलिङतर्फ श्रीलंकाका अकिला दनन्जयले ६ विकेट लिएका थिए ।

ट्याग -  श्रीलंकासँगको टेष्ट सिरिज , इंग्ल्यान्ड  विजयी  

SUGGESTED ARTICLES

img
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो । 


by RSS | Today, 05:26 PM

img