mobile

टी १० लिगमा सन्दीप को प्रभावकारी प्रदर्शन

By Anu Rana on Nov 25,2018 - 11:43

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले आज दोस्रो खेलमा पनि आफूलाई प्रमाणित गर्दै विकेट लिन सफल भएका छन् ।

हिजो पहिलो खेलमै आफ्नो जादु देखाएका सन्दीपले आज सिन्धीसका ओपनर ब्याट्सम्यानलाई एन्टोन डेभिचलाई अर्धशतक बनाउन दिएनन् । डेभिचलाई सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा व्यक्तिगत ४९ रनको अवस्थामा आउट पारे । आजको दुई ओभरमा सन्दीपले १४ रन दिएर एक विकेट लिए । सन्दीपले हिजो प्रतियोगिताको पहिलो खेलमा ३ विकेट लिएका थिए ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सारजहाँमा सञ्चालन भइरहेको टी–१० लिग क्रिकेट प्रतियोगितामा राम्रो प्रभाव पारेका छन् । केरला किंग्सबाट प्रतिनिधित्व गरिरहेका सन्दीपले दुई खेलमा चार विकेट लिइसकेका छन् ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको सन्दीपको टिम केरला नाईट्स इयान मोर्गनको कप्तानीमा मैदान उत्रिएको थियो। सन्दीपको टिममा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ।

टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए। सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

पहिला ब्याटिङ गरेको सन्दीपको टिम केरला किंग्सले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य लिएर मैदान आएको सिन्धले लगातार आक्रामक ब्याटिङ गरिरहेका बेला सन्दीपले केरलालाई पहिलो सफलता दिलाएका हुन् ।

सन्दीप म्यान अफ म्याच

केरलाले आफ्नो पहिलो खेलमा पोख्तोन्सविरुद्ध खेलेको थियो । पहिलो ब्याटिङ गरी पोख्तोन्सले ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । सन्दीपले पोख्तोन्सविरुद्ध कसिलो बलिङ गरेका कारण केरलाले सहज लक्ष्य पाएको हो । केरलाले २ विकेट गुमाएर लक्ष्य पूरा ग-यो । खेलमा सन्दीपले १७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले आन्द्रे फ्रेचर, कोलिन इग्राम तथा मोहमद कलिमलाई क्रिजबाट हटाए ।

ट्याग -  टी १० लिगमा सन्दीप को प्रभावकारी प्रदर्शन ,  

SUGGESTED ARTICLES

img
एभरेष्ट म्याराथन दोस्रो सातामा

हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ । यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ ।


by RSS | May 16

img