mobile

१७ वर्षीय किशोरले बनाए कार  

By Anu Rana on Nov 25,2018 - 11:39

कक्षा १० मा पढ्दै गरेका किशोरले बिदाको समयलाई सदुपयोग गर्दै कार निर्माण गरेका छन्। उनले पुरानो मोटरसाइकलको इन्जिनहरु, पुराना टायरहरु, फलामका सामग्रीहरु प्रयोग गर्दै कार निर्माण गरेका हुन्।

उक्त कार बनाउने विद्यार्थी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-९ विद्यापुरका दर्पण खरालले हुन्। उनले बनाएको कार को नाम 'बग्गी' हो । उक्त कार एक महिनाको मेहनतपछि निर्माण गर्न सफल भएका हुन्। 'दसैं तिहारमा स्कुल विदा थियो, बिदामा केही गरौं भन्ने सोचले कार बनाउन थाले', उनले भने, 'प्रयास गर्दा सकिदो रहेछ, मोटरसाइकलको इन्जिन निकालेर कारमा रुपान्तरण गरेँ।' उनले आगामी दिनमा सबैको सहयोग पाएमा प्यारामोटर (उड्ने गाडी) बनाउने योजना रहेको बताए । 

उनले सबै इन्जिन नेपालमै उपलब्ध भए ११ लाखमै कार निर्माण गर्न सकिने दाबी गरे । मोटरसाइकलका इन्जिनहरु, पुराना टायरहरु, फलामका सामग्रीहरु प्रयोग गरिएर निर्माण गरिएको कारले पूर्ण आकार भने पाइसकेको छैन। कार बनाउन करिब तीन लाख खर्च भएको दर्पणले बताए।

प्रविधिप्रति सानैदेखिको लगाप र युटुवको सहायताले कार बनाउन सफल भएको उनको भनाइ छ। दर्पणले यसअघि पनि विभिन्न सामग्री निर्माण गरेको बताएका छन्। केही महिनाअघि रिमोट अन्ट्रोलर कार, अटो अनअफ लाइट (रातिमा आफैं बल्ने र दिउँसोमा अफै निभ्ने बत्ती) र पानीको उचाई नाप्ने यन्त्रसमेत बनाएका थिए। १७ वर्षका दर्पण वीरेन्द्रनगर-८ खजुरास्थित विद्याज्योती सहकारी विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका छन्।

गाडी बनाउने खराल पञ्चपुरी नगरपालिका वडा नं . ९ का वडा अध्यक्ष शान्तिराज खरालका छोरा हुन् ।

ट्याग -  १७ वर्षीय किशोरले बनाए कार  

SUGGESTED ARTICLES

img
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च  

सामसुङ्गले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभ –जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । विगत केही महिनादेखि चर्चा हुदैँ आएकोमा कम्पनीले यो स्मार्टफोन लञ्च गरेको हो। ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।


by Anu Rana | Feb 21

img