mobile

‘नीति सङ्ग्रह’ बजारमा

By RSS on Nov 25,2018 - 17:31

विद्वान् आचार्य तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा आएको छ । नेपाली भाषामा लेखिएको विभिन्न १० खण्डमा विभाजित उक्त नीति सङ्ग्रहमा हिन्दू धर्मका धार्मिक, सामाजिक, मानवीय मूल्य मान्यताका श्लोकहरु रहेको छ । सो पुस्तकको प्रकाशनबाट समाजमा रहेका विकृति तथा विसङ्गतिको न्यूनीकरण गर्दै मानिसलाई नैतिकवान बनाउन उत्प्रेरणा मिल्ने आचार्य पोखरेलले राससलाई बताउनुभयो । मानिसले ज्ञान र अज्ञान छुट्याउनु नसक्नु नै नेपाली समाजको ठूलो समस्या रहेको धारणा आचार्य पोखरेलको थियो । यो उहाँको दशौँ नीति सङ्ग्रह हो । 

काठमाडौँको सामाखुशी साहित्य समाजले शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले उक्त पुस्तकको विमोचन गर्नुभयो । त्यस अवसरमा उहाँले श्रीमद्भागवतका ज्ञाता आचार्य पोखरेलको पुस्तक प्रकाशनबाट नेपाली समाजलाई सुमार्गमा लैजान सहयोग मिल्ने धारणा व्यक्त गर्नुभयो । सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बाबुराम भण्डारी, श्रीहरि फुँयाल, बमबहादुर थापालगायतका बक्ताले हिन्दू धर्मको विविध पक्षमा प्रकाश पार्नु भएको थियो । (रासस)

ट्याग -  नीति सङ्ग्रह

SUGGESTED ARTICLES

img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।


by RSS | Dec 12

img