mobile

जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक  

By Anu Rana on Nov 28,2018 - 11:03

जावा मोटरसाइकल फेरि भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक गरेको छ । सो मोटरसाइकल १५ नोभेम्बरमा लन्च गरिएको हो । सो मोटरसाइकल लन्चिङ गर्नु भन्दा पनि पहिले नै टेस्टिङको समयमा केही तस्बिर अनलाइनमा मर्फत सार्वजनिक भएको छ । साथै यसका कैयौं जानकारी समेत सार्वजनिक भएको छ ।

जावाको नयाँ बाइक रेट्रो स्टाइलिङ हुनेछ, जसको कारण सो बाइक रोयल इन्फिल्ड ३५० सँग प्रतिस्पर्धा हुने सम्भावना रहेको जानकारी मिडियाले दिएका छन् । सो बाइकमा रोयल इन्फिल्डको ६५० सीसीको बाइक जस्तै राउण्ड हेडल्याम्प रहेको छ ।

एक साताअघि टु–ह्वीलर निर्माता कम्पनी जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक गरेको थियो । ४४ वर्षपछि चेक रिपब्लीकन कम्पनीको स्वामित्वनै भारतीय अटो टाइकुन आनन्द महिन्द्रले किनेर जावालाई संचालनमा ल्याएका हुन् ।

भारतीय बजारमा फर्किएको जावा कम्पनीले बजारमा ल्याएको मोटरसाइलको प्रत्यक्षरुपमा रोयल इनफिल्ड मोटरसाइकलसँग प्रतिस्पर्धा हुनेछ । यी दुई मोटरसाइकलमा दिइएका विशेषता यस्ता रहेका छन्-

इन्जिन

रोयल इनफिल्डको बुलेट बाइकमा सिङ्गल सिलिन्डर फोर–स्ट्रोक ट्वीन–स्पार्क एयरकुल्ड ३४६ सीसी इन्जिन लगाइएको छ । यसले १९ ।८ बीएचपी पावरकासाथै २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड ट्रान्समिसन दिइएको छ ।

जावा मोटरसाइकलमा २९३ सीसी लिक्विड–कुल्ड सिङ्गल सिलिन्डर फोर–स्ट्रोक डीओएचसी इन्जिन दिइएको छ । यसले २७ बीएचपी पावरकासाथै २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स ट्रान्समिसन लगाइएको छ । इन्जिन पर्फमेन्सको हिसावले जावा पावरफुल देखिन्छ ।

डायमेन्सन

रोयल इनफिल्डमा १३७० मिलिमिटरको ह्वीलबेश लगाइएको छ भने सिटको उचाई ८०० मिलिमिटर रहेको छ । त्यस्तै, जावा मोटरसाइकलको ह्वीलबेश १३६९ मिलिमिटर रहेको छ भने सिटको उचाई ७६५ मिलिमिटर रहेको छ । उचाईमा रोयल इनफिल्ड बुलेट केही अग्लो देखिन्छ ।

ब्रेकिङ्ग फिचर

बुलेटको रियर र फ्रन्टको दुबैतर्फ ड्रम–ब्रेक्स लगाइएको छ । यसम एबीएसको विशेषता समेटिएको छैन तर, कम्पनीले आफ्ना सबै मोडलमा एबीएस दिन सुरु गरेको छ, संभवत अबको एक महिना भित्र यसमा पनि एबीएस सिस्टम दिइने छ ।

जावा मोटरसाइकलको फ्रन्टमा फ्लोटिङ्ग क्यालिपरकासाथै २८० मिलिमिटर डिस्क–ब्रेक लगाइएको छ । यसकासाथै मोटरसाइकलमा एबीएस विशेषता दिइएको छ । पछाडिको चक्कामा १५३ मिलिमिटरको ड्रम–ब्रेक लगाइएको छ ।

तौल

बुलेटको तौल १ सय ८३ किलोग्राम रहेको छ । यसमा १३.५ लिटर फ्यूल–ट्याङ्की रहेको छ । जावा मोटरसाइकलमा १४ लिटरको फ्यूल ट्याङ्की दिइएको छ । यसको तौल १७० किलोग्राम रहेको छ ।

तौलको हिसावमा करिब १३ केजी कम छ भने, फियुल ट्याङ्क क्षमता दुबैको झन्डै उस्तै रहेको छ ।

सन्पेन्सन

रोयल इन्फिल्ड बुलेटको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक–फोक्र्स र रियरमा ग्यासबाट चार्ज हुने ट्वीनशक–अब्जर्बस दिइएको छ । जावा मोटरसाइकलमा टेलिस्कोपिक हाइड्रोलिक–फर्क सस्पेन्सन लगाइएको छ । साथै, ट्वीन हाइड्रोलिक–शक–अब्जर्बस दिइएको छ ।

मूल्य

भारतीय बजारमा रोयल इन्फिल्ड बुलेटको मूल्य १ लाख ३४ हजार ६ सय ६७ रुपैयाँ रहेको छ भने जावा मोटरसाइकलको मूल्य १ लाख ६४ हजार भारु रहेको छ ।

नेपालको सम्बन्ध

नेपाली बजारमा रोयल इनफिल्ड बुलेटको बिक्री वितरण भइरहेको छ भने, जावा नेपाल आउने वा नआउने कुनै आधिकारीक जानकारी बताएका छैन । तर, महिन्द्रले आफ्ना सबै उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएकाले यो बाइक पनि नेपाल आउने कुरामा भने कुनै शंका छैन ।

ट्याग -  जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक  

SUGGESTED ARTICLES

img
पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो ।


by RSS | Dec 09

img