mobile

चौथो चराणको फुटबल प्रतियोगिता आज सकिँदै

By RSS on Nov 28,2018 - 11:26

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अङ्कसहित अङ्क तालीकाको पाँचौ स्थानमा छ । एक खेलमा पराजित भएको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो । यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र दुई अङ्कसहित तालीकाको ११आँै स्थानमा छ । 

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगको पुछारका टोली हुन् । अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन् । जावलाखेल लिगको १३आँै र फ्रेण्ड्स १४औँ स्थानमा छ । यसैबीच आज दुई खेलपछि चौँथो चरणका खेल सकिँदैछ । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । रासस

ट्याग -  फुटबल प्रतियोगिता

SUGGESTED ARTICLES

img
रानीपोखरी कर्नर विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे ।


by RSS | Today, 06:07 PM

img