mobile

सुनको मूल्य घट्यो

By RSS on Nov 28,2018 - 17:51

नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अघिल्लो दिनको तुलनामा आज रु ४०० ले घटेको हो । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घका उपाध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिनुभयो । 

तेजावी सुन प्रतितोला रु ५७ हजार ३ ०० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार एक ३० कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने रु पाँचले घटेको छ । अघिल्लो दिन ७०५ मा कारोवार भएको चाँदी आज ७०० मा कारोवार भएको छ । महासङ्घले १० ग्राम चाँदीको मूल्य रु ६०० कायम गरेको छ । (रासस)

ट्याग -  सुनको मूल्य

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Dec 13

img