mobile

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

By Anu Rana on Dec 02,2018 - 11:00

एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल सिजन– टूमा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्पर्धी बाँकी छन् ।

शुक्रबारको एलिमिनेसनपछि टप फाइभ रहने छन् । प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका गीत संगीतको छनौटले नेपाल आइडलको लोकप्रियता बढेको कार्यक्रमका निर्देशक सुरेश पौडेलको ठम्याइ छ । ‘गत वर्षको अनुभवले हामीलाई आइडल थप राम्रो बनाउन हौसला मिलेको छ, आगामी दिनमा आइडललाई अझै दर्शकको मन जित्ने अविस्मरणीय श्रृङखला बनाउन हामी लागि रहने छौँ“, पौडेलले भने ।

नेपाल आइडलले अन्तर्रा्ष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ । नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ । यूट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ ।

नेपाल आइडलले अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ ।

'विश्वभरमा ६० वटा भन्दा धेरै देशले प्रशारण गर्ने आइडलमा नेपाल दर्शकको माया र साथ पाउँदै दोस्रो स्थानमा रहन सफल भएको छ, हामी दर्शकको माया र साथलाई सँगसँगै अगाडि बढाउँदै आइडलको इतिहासमा नेपाललाई अग्रस्थानमा पुर्‍याउने छौं', निर्देशक पौडेलले भने, 'हरेक एपिसोडमा नयाँपनको आभास दिने गरी नेपाल आइडल निर्माण हुन्छ । आगामी एपिसोड अझै चोटिला बन्ने छन्, म सबैलाई विश्वस्त पार्न चाहन्छु ।'

अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण र प्रशारण भइरहेको आइडल बेलायती टेलिभिजन कार्यक्रम उत्पादक सिमन फुलरले २००१ अक्टोबर ६ तारिख सुरु गरेका थिए । अहिले विश्वका ६० देशमा आइडल चलिरहेको छ ।

ट्याग -  नेपाल आइडल विश्वमै , सबैभन्दा धेरै हेरिनेमा दोश्रो

SUGGESTED ARTICLES

img
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने भन्दै


by RSS | Feb 18

img