mobile

खेलमैदान निर्माण शुरु

By RSS on Dec 02,2018 - 12:06

बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । 

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो । 

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिनुभएको छ । सुविधासम्पन्न उक्त खेलमैदान रु एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।” युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ । (रासस)

ट्याग -  खेलमैदान

SUGGESTED ARTICLES

img
रानीपोखरी कर्नर विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे ।


by RSS | Today, 06:07 PM

img