mobile

मिस नेपाल २०१८ श्रृङखला खतिवडाले मागिन माफी

By RSS on Dec 02,2018 - 12:33

चीनमा मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृङ्खला खतिवडाले हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेको बताएकी छिन् ।

शृङ्खलाले आफ्नो इनस्टाग्रामबाट भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी छिन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नुपर्ने थियो ।

त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।

हेड–टू–हेड र ब्यूटी विथ पर्पज दुई भिन्न विधा रहेको र हेड–टू–हेडले ब्यूटी विथ पर्पजको निर्णयमा कुनै असर नपर्ने उनले उल्लेख गरेकी छन् । यस्तै टप ३० मा पुग्नका लागि मल्टिमिडिया बिधाको सम्भावना पनि रहेकोछ ।

अझै पनि टप ३० का लागि १७ वटा स्थान बाँकी रहेकाले आफू आशावादी रहेको उनले उल्लेख गरेकी छन् । राम्रो गर्न सक्ने ठाउँ भए पनि गर्न नसकेको उनले उल्लेख गरेकी छन् ।

ट्याग -  मिस नेपाल २०१८ श्रृङखला खतिवडा

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img

Whoops, looks like something went wrong.