mobile

‘यो महीनाभित्र सबै तहको एकता टुङ्गिन्छ’

By RSS on Dec 02,2018 - 13:25

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश नं– ५ का सचिव जगप्रसाद शर्माले मङ्सिर महीनाभित्र प्रदेशका तल्ला कमिटिको एकता टुङ्गिने बताउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का रणबहादुर वलीको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले प्रदेशमा नेकपाको एकताका लागि अहिले कसरत जारी रहेकोले यही मङ्सिरभित्र सबै टुङ्ग्याइने जानकारी गराउनुभयो । 

प्रदेशमा दाङबाट २५ जना 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं– ५ को प्रदेश सदस्यमा दाङबाट २५ जना परेका छन् । पूर्व एमालेका तर्फबाट १६ र पूर्व माओवादी (केन्द्र)का तर्फबाट नौजना प्रदेशमा पर्नु भएको छ । उहाँका अनुसार पूर्व एमालेबाट जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जीतेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गङ्गा चौधरी रहनुभएको छ । त्यस्तै पूर्वमा माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित र लीला शर्मा रहनुभएको छ । (रासस)

ट्याग -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

SUGGESTED ARTICLES

img
वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु–याउन आवश्यक रहेको बताउनुभयो । समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा


by RSS | Dec 14

img