mobile

६० दिनमा मेलम्चीको पानी काठमाडौंमा

By Anu Rana on Dec 03,2018 - 17:28

खानेपानी मन्त्रालयले अबको दुई महिनामा काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने बताएका छन्। संघीय संसद प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको ६० दिनमा सुन्दरीजलमा पानी मेलम्चीको पानी आइपुग्ने बताएका हुन्।

 विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् । ‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस् २ महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’

सबै शक्ति केन्द्रित गरेर काम गरिरहेको सचिव ठाकुरले बताए। करिब २७ किमी लामो सुरुङमार्ग पाँच ठाउँबाट फिनिसिङ भैरहेको छ। दैनिक ९० मिटर फिनिसिङको काम भैरहेको छ।

हाल टनेलको हालसम्म २४ किलोमिटर टनेलको फिनिसिङ सकिसकेको छ । आयोजनामा हालसम्म २६ ।३५ अर्ब रुपैंया खर्च भैसकेको आयोजना प्रमुख समेत रहेका सचिव ठाकुरले बताए । मेलम्चीको पानी डब्लुएचओ गुणतस्तरको हुने सचिव ठाकुरको भनाई छ ।

 ४० दिनमा सुरुङमार्ग फिनिसिङ सक्ने उनको दाबी छ। मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनले तोकेको गुणस्तरको हुने आयोजनाको दाबी छ।

ट्याग -  ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा   

SUGGESTED ARTICLES

img
महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन

ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।


by RSS | Today, 11:29 AM

img