mobile

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

By RSS on Dec 03,2018 - 11:43

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो । 

एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिनुभयो । करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । (रासस)

ट्याग -  पारा राष्ट्रिय च्याम्पियनसिप

SUGGESTED ARTICLES

img
जावलाखेल विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।


by RSS | Dec 13

img