mobile

बार्सिलोना भिल्लारियललाई हराउँदै शीर्ष स्थानमा

By RSS on Dec 03,2018 - 12:54

 स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे ।

खेलको ३५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाएका हुन् ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ ।

 

 

ट्याग -  फुटबल

SUGGESTED ARTICLES

img
रानीपोखरी कर्नर विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे ।


by RSS | Today, 06:07 PM

img