mobile

राष्ट्रपतिद्वारा रोयल क्यासल र संस्कृति तथा विज्ञान टावर अवलोकन

By RSS on Dec 03,2018 - 12:59

पूर्वी युरोपको देश पोल्याण्ड भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गर्नुभएको छ । उहाँले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गर्नुभएको हो । 
रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ् । 

राष्ट्रपति अवलोकन गर्नुभएको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ । टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीसभन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।रासस

ट्याग -  पोल्याण्ड भ्रमण

SUGGESTED ARTICLES

img
प्रजातन्त्र जीवनमरणको सवाल : देउवा

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले


by RSS | Today, 03:46 PM

img