mobile

धुुलिखेलमा फ्रि वाइफाइ

By RSS on Dec 03,2018 - 16:30

धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भन्नुभयो, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ ।” प्रमुख ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाइ सेवा उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, साइक्लिङ सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौँ ।” 

फ्रि वाइफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरको सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरि फ्रि वाइफाइ जडान गरिने भएकोे छ । नगरपालिकाका अनुसार एक पटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाइफाइको क्षमता विस्तार गरिने छ ।(रासस) 

ट्याग -  वाइफाइ

SUGGESTED ARTICLES

img
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च  

सामसुङ्गले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभ –जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । विगत केही महिनादेखि चर्चा हुदैँ आएकोमा कम्पनीले यो स्मार्टफोन लञ्च गरेको हो। ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।


by Anu Rana | Feb 21

img