mobile

काबुलमा ९ जना नेपाली तालिबानको आक्रमणमा परी घाइते

By Anu Rana on Dec 04,2018 - 14:16

विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्। सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको पुष्टी गरेको छ।

घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन्। तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको छ।  उनको ओठ पनि काटिएको छ। अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ। एकजनाको खुट्टाको तल्लो भाग जलेको छ। दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ। एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ।

घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र  ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ। नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ।

बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो। यसअघि २०७३ असारमा क्यानडियन दूतावासको सुरक्षामा खटिएका १२ नेपालीको आत्मघाती हमला परी मृत्यु भएको थियो।

 

ट्याग -  काबुलमा ९ जना नेपाली घाइते   , तालिबानको आक्रमणमा ,

SUGGESTED ARTICLES

img
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको


by RSS | Today, 05:01 PM

img