mobile

विश्वभर निःशुल्क वाईफाई

By Anu Rana on Dec 04,2018 - 14:15

एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ । विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न नपाएको अवस्थामा अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै चीनले उक्त योजना अघि सारेको हो ।

चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्ने दाबी गरिएको छ ।

पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्ट अनुसार, उपग्रह द्वारा उपलब्ध गराइने इन्टरनेट सेवा सबैले सजिलो तरिकाले उपयोग गर्न सक्नेछन् । यो सेवा प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबाटै उपयोग गर्न सक्नेछन् । रिपोर्टका अनुसार, लिंकश्योरका कार्यकारी निर्देशक (सीईओ) वांग जिंगयिंगले कम्पनीले यो परियोजनामा तीन अरब युआन खर्च गर्ने बताइन् ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् । टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्नेछ ।

रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् । स्मरणरहोस् स्पेस एक्स नामक कम्पनीले यही वर्ष अन्तरीक्षमा ७ हजार स्टारलिंक स्याटेलाइट पठाउने स्वीकृति पाएको छ । उक्त कम्पनीले आगामी केही वर्ष भित्रैमा अन्तरीक्षबाट पृथ्वीमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि १६ सय स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गर्नेछ ।

स्पेस एक्सका अलावा गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु पनि यस्तो खाले योजना ल्याउने तयारीमा लागिरहेका छन् । यदि सबै योजना सफल भएमा यी कम्पनीहरुका स्याटेलाइट तथा बेलुनहरुले पनि अन्तरीक्षबाट पृथ्वीमा हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउने छन् ।

ट्याग -  विश्वभर निःशुल्क वाईफाई

SUGGESTED ARTICLES

img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।


by Anu Rana | Today, 10:02 AM

img