mobile

मलेसियाले अध्यागमन नियममा थप कडाई

By Anu Rana on Dec 04,2018 - 14:15

मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । मलेसियाले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुन: प्रवेशमा रोक लगाएको छ, भने मलेसियाअध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गर्दै बसेको र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भाई लुकेर बसेको विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

विभागका महानिर्देशक मुस्ताफर अलीका अनुसार यसै वर्ष जनवरी महिना यताका करिब ११ महिनाको अवधिमा उक्त संख्यामा विदेशी नागरिकहरु अध्यागमनको ‘कालोसूचि’ मा परेका हुन् ।

यसअघि कानुन उल्लंघन गरेको विभिन्न अभियोगमा उनीहरुकै देश फिर्ता पठाई कालोसूचिमा राखीएकाले अब उनीहरु निश्चित समयसम्म वा अध्यागमनले प्रतिबन्ध फुकुवानगरेसम्म मलेसिया आउन नपाउने भ्एका छन । मलेसियाली अध्यागमन विभागले भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपालीहरुलाई पनि कालोसूचिमा राख्दै पुन: प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

महानिर्देशक अलीका अनुसार कालो सूचीमा रहेकाहरु प्रवेश गर्न खोजेमा उनीहरुलाई ‘नट् टू ल्याण्ड’ सूचना जारी गरी सम्बन्धित देशमै नै फिर्ता पठाउने समेत जानकारी दिनुभ्एको हो। उक्त कालोसूचिमा पर्नेहरुमा राष्ट्रिय सूरक्षामा खतरा मानिएका, आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएकाहरुदेखि सामाजिक भ्रमण भिसा (सोसल भिजिट पास) को दुरुपयोग गर्नेहरु समेत रहेका जनाइएको छ ।

मलेसियामा गत मे महिनामा नयाँ सरकार गठन भएसँगै सरकारले मुलुकमा खासगरी आप्रवासी एवं अध्यागमनसम्बन्धी नीति पनि कडाईका साथ लागू गर्दै आइरहेको छ। कालोसूचिमा रहेका विदेशीहरुलाई समेत प्रवेश अनुमति दिएको अभियोगमा गत सेप्टेम्बर महिनामा ४ जना कर्मचारीलाई पक्राउ गरि छानवीन अघि बढाइएको थियो । समाचारहरु अनुसार ती कर्मचारीले उनीहरुबाट घुस लिएर भिसा अनुमति जारी गरेको भेटिएको पाइएको थियो ।

मलेसियाले मुलुकभर रहेका विभिन्न १३७ प्रवेश समून्द्री एवं स्थलगत नाकाहरु भएर मुलुक भित्रिने विदेशीहरुका लागि उच्च जाँच गर्दै आएको छ ।

ट्याग -  कालोसूचिमा परेका ६६३ हजार विदेशीलाई प्रवेशमा रोक   ,

SUGGESTED ARTICLES

img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।


by RSS | May 17

img