mobile

शृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा

By RSS on Dec 04,2018 - 11:28

 मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् ।केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् ।चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् । 

त्यसपछि टप ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी सुन्दरीसँग पराजित भएपछि टप ३० मा प्रवेश गर्न असफल भएकी थिइन् । तर सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा पुगेकी हुन् ।जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी टप ३० मा पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै आफूलाई अब्बल सावित गरेकी हुन् ।आईतबार भएको हेड टु हेड च्यालेन्जमा श्रृंखला सिंगापुरकी भेनेसा पहेसँग पराजित भएकी थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी थिइन्। तर उनले मल्टिमिडिया तर्फ अब्बल सावित गर्दै टप ३० मा पुग्न सफल भइन्।

ट्याग -  मिस वर्ल्ड

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img

Whoops, looks like something went wrong.