mobile

चिसोमा कम्मल वितरण

By RSS on Dec 04,2018 - 16:18

अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । 

वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी ७२ लाई कम्मल वितरण गरेको हो । वडाभित्रका २२ जना ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, २४ जना एकल महिला र परिचयपत्र भएका १३ जना अपाङ्गता भएका व्यक्तिलाई सोमबार कम्मल वितरण गरेको वडाध्यक्ष थापाले बताउनुभयो । (रासस) 

ट्याग -  कम्मल वितरण

SUGGESTED ARTICLES

img
महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन

ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।


by RSS | Today, 11:29 AM

img