mobile

अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा

By RSS on Dec 04,2018 - 16:35

आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो । 

मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री डा युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहनुभएको छ । 

सङ्घ र प्रदेश तथा प्रदेश–प्रदेश बीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी गराउनुभयो । उहाँका अनुसार आइतबार बस्ने बैठकमा परिषद्का सदस्यबाहेक सङ्घका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागी हुनेछ । बैठकमा देखिएका विवादको विषयमा सम्बन्धित सरकारको मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ । (रासस)

ट्याग -  बैठक

SUGGESTED ARTICLES

img
गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६/७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ ।


by RSS | May 17

img