mobile

विमल ट्रायलको लागि बुधबार बेल्जियम जाँदै

By Anu Rana on Dec 05,2018 - 11:09

नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि भोली (बुधबार) बेल्जियम जादै छन् । च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् ।

अापसीमसझजारीमा च्यासलसँगकाे सम्झाैता विचमा नै ताेडेर विमल ट्रायलका लागि बेल्जियम जाने भएका हुन । च्यासलमा अनुबन्ध हुँदा नै क्लवसँग लिगकाे विचमा बाहिर जानेसक्ने सर्त राखेका थिए । यसअघिपनि ट्रयायलका लागि बेल्जियम बसेका विमलले यसपटक भने सकारात्मक अाशाका साथ बेल्जियम जान लागेका हुन । करीव साढे २ महिना बेल्जियममा बस्दा विमलले ट्रयाल दिएका थिए तर सफल भएका थिएनन।  त्यसपछि उनी स्पेनमा पनि ट्रयायलका लागि पनि गएका थिए ।

विमल यसअघि नै बेल्जियम जाने मिति तय भएको थियो । तर केही प्राविधिक कारण उनको प्रस्थान केहिदिनसम्म रोकिएको थियो । यसअघि पनि ट्रायल दिइसकेका विमल यो पटक भने राम्रो गर्ने तयारीमा छन् ।

उमेर समुह हुँदै राष्ट्रिय टिमसम्मकाे यात्रा गरेका विमलले पहिलाे पटक ए डिभिजन लिगमा च्यासलबाट प्रतिनिधित्व गरेका थिए । जसमा उनले गाेल पनि गरेका थिए । काठमाडाैंमा भएकाे साफ च्याम्पियनसिपमा पाकिस्तान विरूद्दकाे खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका बिमलले पिहलाे खेलमा नै गाेल गरेका थिए ।

त्यसपछि चर्चामा अाएका विमलले राष्ट्रिय टिमका नियमित सदस्य हुन । यसअघि उनले भारतकाे माेहनबगाबाट पनि खेलेका थिए । तर उनले गाेल भने गर्न सकेनन् ।  विमलले नेपालका लागि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा देखि बंगबन्धु गोल्डकप उपाधि उचाल्दा महत्वपुर्ण याेगदान दिएका थिए ।

 

ट्याग -  विमल ट्रायलको लागि बुधबार बेल्जियम जाँदै

SUGGESTED ARTICLES

img
रानीपोखरी कर्नर विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे ।


by RSS | Today, 06:07 PM

img