mobile

नेपाल र बंगलादेशबीच पनि अन्तरदेशीय प्रसारणलाइन  

By Anu Rana on Dec 05,2018 - 11:09

नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु भएको छ । नेपालको विद्युत् बंगलादेशको बजारमा लैजाने लक्ष्यका साथ बैठकको आयोजना गरिएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त बैठक बाट नेपाल र बंगलादेश अन्तरदेशीय विद्युत प्रशारणलाइनको निर्माण प्रक्रिया अगाडि बढाउन सहमत भएका हो । काठमाडौंमा बसेको नेपाल-बंगलादेश उर्जा संयन्त्रको अन्तर्गतको सचिवस्तरीय ‘जोइन्ट स्टेरिङ कमिटी’को बैठकले दुई देशबीच प्रशारणलाइन निर्माण गर्न संयुक्त प्राविधिक टोली गठन -प्रशारण) गर्ने निर्णय गरेको छ ।

बैठकको कार्यसूचीअनुसार  बैठकमा केही महत्वपूर्ण विषयमा सहमति हुने समेत विश्वास गरिएको छ । तर, नेपाल र बंगलादेशले मात्रै सहमति गरेको भरमा नेपालको विद्युत् बंगलादेश जाला र नेपालले त्यसबाट फाइदा लिन सक्ला भन्ने विषयमा भने दुविधा कायमै रहेको छ । भारतले सहज रुपमा बाटो नदिँदासम्म नेपालको विद्युत् कुनै पनि हालतमा बंगलादेश जान सम्भव छैन, रहने पनि छैन ।

सचिवस्तरीय बैठकले दुई देशबीच विद्युत व्यापारको सम्भावना खोज्न योजनाको समीक्षा गर्ने र नेपालमा लगानी योग्य सम्भावित जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्न अर्को प्राविधिक टोली (उत्पादन) गठन गर्ने निर्णय पनि गरेको छ । यी दुवै टोलीमा दुवै देशका तीन-तीन सदस्य रहनेछन् । यी टोलीका सदस्यहरुको नाम एक महिनाभित्र दुवै देशले एक अर्कालाई उपलब्ध गराउनेछन् ।

बैठकमा भारत र बंगलादेशबीच रहेको यस्तै प्रकारको संयुक्त समितिको आगामी बैठकहरुमा अन्तरदेशीय प्रशारणलाइन सम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न दुवै देशले प्राथमिकताका साथ भारतसँग विषय उठान गर्ने सहमति भएको छ ।

यस्तै सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ ग्रुप’ले गरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने विद्युत तथा दुई देशबीचमा नविकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयलाई अनुमोदन गरिएको छ ।

नेपालको तर्फबाट बैठकको नेतृत्व उर्जासचिव अनुपकुमार उपाध्याय र बंगलादेशका तर्फबाट उर्जासचिव अहमद काइकाउसले गरेका थिए ।

 

ट्याग -  नेपाल र बंगलादेशबीच पनि अन्तरदेशीय प्रसारणलाइन  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img