mobile

स्थानीय प्रहरीका कारण दोषी पत्ता लगाउन समस्या : मन्त्री ज्ञवाली

By RSS on Dec 05,2018 - 11:10

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापर्वाहीले गर्दा दोषी पत्ता लगाउन समस्या भएको बताउनुभएको छ । घटनालगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा सरकार नै आलोचित हुनुपरेको मन्त्री ज्ञवालीले बताउनुभभयो । घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापर्वाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको मन्त्री ज्ञवालीको भनाइ छ । 

सोह्रदिने महिला हिंसाविरुद्धको अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधी छलेर जहाँ गए पनि सरकारले कानूनी दायरमा ल्याएरै छाड्ने दाबी गर्नुभयो । परराष्ट्रमन्त्रीसँगै सुर्खेत आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सबैखाले हिंसाको अन्त्य गर्न तीन तहकै सरकारबीच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले सातवटै प्रदेशमा कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । (रासस)

ट्याग -  दोषी , समस्या

SUGGESTED ARTICLES

img
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो ।


by RSS | Today, 05:17 PM

img