mobile

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र

By RSS on Dec 05,2018 - 11:18

व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ । 

नेपाल बैंकर्स सङ्घको हिजो बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिनुभयो । वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो । 

बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि सङ्घको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो । अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन् ।” यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो । यस्तै बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ । यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो । (रासस)

ट्याग -  ब्याजदर निर्धारण

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img