mobile

साउदीमा नेपाल प्रवद्र्धन मेला

By RSS on Dec 05,2018 - 15:48

साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । 

ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले नेपाल प्रवद्र्धन हुने उक्त कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । (रासस)

ट्याग -  नेपाल प्रवद्र्धन मेला

SUGGESTED ARTICLES

img
शिखरवार्तामा भाग लिन किम रेल चढेर भियतनाम जाने  

विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको शिखर वार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।


by Anu Rana | Today, 05:24 PM

img