mobile

नगरपालिकाबाट पहिलोपटक अपाङ्गता परिचयपत्र

By RSS on Dec 05,2018 - 16:25

कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । 

यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो,“यसको शुरुवात गरिएको छ, नगर क्षेत्रभित्रका सबैलाई परिचयपत्र वितरण गर्छौ ।” 

नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि बनाएर परिचयपत्र वितरण शुरु गरेको हो । “परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउनुहुन्छ, अव परिचयपत्र हेरेर सुविधा दिन्छौ” नगरप्रमुख हमालले भन्नुभयो । वडा नं– ५ का कनहिया लाल रानालाई अपाङ्गता परिचयपत्र वितरण गरी सो कार्य शुरु गरिएको हो । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचयपत्र दिइएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गर्नुभएको छ । आफन्तसित कार्यालयमा आएर रानाले परिचयपत्र लिनुभएको हो । नगरप्रमुख हमालले नगरपालिकाका सबै वडाका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो । कृष्णपुरमा नौ वडा छन् । कञ्चनपुरका नौ स्थानीय तहमध्ये कृष्णपुरमा अपाङ्गता परिचय वितरणमा पहिलोपटक भएको हो । (रासस)

ट्याग -  अपाङ्गता परिचयपत्र

SUGGESTED ARTICLES

img
विकट वडामा ट्र्याक खोलिँदै

तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्र्याक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ।  यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पु¥याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । 


by RSS | Today, 10:25 AM

img