mobile

चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

By RSS on Dec 05,2018 - 16:36

बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । 

उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ । 

शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । (रासस)

ट्याग -  शेयर बिक्री

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Dec 13

img