mobile

एक सय बहत्तर परिवारलाई राहत वितरण

By RSS on Dec 06,2018 - 12:01

बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो । 

ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाका जिल्लास्तरीय कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभयो । बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट ११५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको नगरउपप्रमुख कविता विष्टले जानकारी दिनुभयो । रासस

ट्याग -  राहत वितरण

SUGGESTED ARTICLES

img
शोकमग्न छन् शम्शेरगञ्जवासी

विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो,


by RSS | Today, 11:14 AM

img