mobile

मेडिकल र किराना पसलमा आगलागी

By RSS on Dec 06,2018 - 12:09

नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । 

आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उहाँले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताउनुभयो । 

सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गर्नुभयो । उहाँले रु ४५ लाखमा पसलको बीमा गर्नुभएको थियो । औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिनुभयो । केही महीना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो ।(रासस) 

ट्याग -  आगलागी

SUGGESTED ARTICLES

img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।


by RSS | May 17

img