mobile

कालिका लघुवित्तले लाभांश शेयर दिने

By RSS on Dec 06,2018 - 13:13

कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ । (रासस) 

ट्याग -  लाभांश शेयर

SUGGESTED ARTICLES

img
शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।


by RSS | Apr 21

img